images images images
images images images
images
images
images

नेपाल एसबिआइ बैंककाे तेस्रो त्रैमासिक वित्तीय विवरण : खुद नाफामा वृद्धि, निष्क्रिय कर्जा घट्यो

images

 काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२-०८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्राप्त वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले १.४६ अर्ब खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्षको सोही अवधिको तुलनामा २१.४९ प्रतिशतले वृद्धि हो ।

साथै, बैंकले आफ्नो कुल निष्क्रिय कर्जामा १५३ आधार बिन्दुले सफलतापूर्वक कमी गर्दै २०८२ चैत्रको अन्त्यमा २.५३ प्रतिशतमा ल्याएको छ, जुन २०८१ चैत्रको अन्त्यमा ४.०६ प्रतिशतमा रहेको थियो ।

images
images

त्यसैगरि, बैंकले आफ्नो खुद ब्याज आम्दानी, २०८१ चैत्र अन्त्यको तुलनामा ९.४६ प्रतिशत ले वृद्धि गर्दै रु.३५३.५० करोडबाट २०८२ चैतको अन्त्यमा रु. ३८६.९४ करोड पुर्याएको छ । त्यसैगरि, बैंकले आफ्नो गैर–ब्याज आम्दानी, २०८१ चैत्र अन्त्यको तुलनामा २७.४२ प्रतिशतले उल्लेख्य वृद्धि गर्दै रु.१२०.७२ करोडबाट २०८२ चैत्रको अन्त्यमा रु. १५३.८३ करोड पुर्याएको छ ।

बैंकले आफ्नो पूँजी पर्याप्तता थप मजबुत बनाउदै बैंकको पूँजी पर्याप्तता अनुपात , २०८१ चैतको अन्त्यमा १२.४४ प्रतिशत बाट वृद्धि गरि २०८२ चैत्रको अन्त्यमा १३.७६ प्रतिशत पुर्याएको छ, जुन १३२ आधार बिन्दुको वृद्धि हो । बैंकले सोही अवधिमा आफ्नो कोष लागत ५.३५ प्रतिशत बाट घटाएर ४.११ प्रतिशत मा ल्याउन सफल भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२४ आधार बिन्दुले कम हो ।

images
images

प्रतिक्रिया दिनुहोस्