Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

नेपाल माइक्रो इन्स्योरेन्स सहित आठ लघुबीमा कम्पनी पनि तानिए सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा

नेपाल माइक्रो इन्स्योरेन्स सहित आठ लघुबीमा कम्पनी पनि तानिए सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा
विज्ञापन
Advertisement

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बीमा क्षेत्रमा भएको ठुलो लगानीको स्रोतमाथि प्रश्न उठाउँदै हिमालयन रिइन्स्योरेन्सहित आठ वटा लघुबीमाका संस्थापक शेयरधनीको सम्पत्ति छानबिन गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

विभागले बिहीबार एक सूचना जारी गर्दै हिमालयन रि(इन्स्योरेन्स र अन्य ७ वटा लघुबीमा कम्पनीका संस्थापक शेयरधनीहरूले शेयर खरिद गर्दा बुझाएको रकमको विवरण बुझाउन निर्देशन दिएको हो। विशेष गरी सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्ट जोडिएको कम्पनीहरूमा शंकास्पद शेयर कारोबार भएको आशंकामा विभागले अनुसन्धान थालेको जनाएको छ ।

विभागले जारी गरेको लिस्ट अनुसार अनुसन्धानको घेरामा हिमालयन रि–इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्स रहेका छन् ।

किन हुँदैछ आठ कम्पनीमाथि छानबिन ?

विभागको प्रारम्भिक अध्ययनमा संस्थापक शेयर खरिद गर्दा चुक्ता पुँजीबाहेक अतिरिक्त शुल्क (प्रिमियम) बापत ठुलो रकम विभिन्न व्यक्ति तथा संस्थाको व्यक्तिगत बैंक खातामा जम्मा गरिएको पाएपछि थप अनुसन्धान प्रकृया अघि बढाएको हो । बिमा प्राधिकरणबाट लाइसेन्स लिने प्रक्रियामा रहेका बेला यी कम्पनीका संस्थापक शेयरधनीहरूले शेयरबापतको रकम बाहेक‘ अतिरिक्त शुल्क’ बुझाएको विभागले जनाएको छ। विभागले उक्त रकम कुन स्रोतबाट आयो र ती व्यक्तिहरूको खातामा किन जम्मा गरियो भन्ने कुरालाई सम्पत्ति शुद्धीकरणको पाटोबाट थप अनुसन्धान गर्न लागेको छ ।

विभागले आजको (सूचना जारी भएको) १५ दिनभित्र के कति रकम, कसको नाममा, कुन बैंकको खाता नम्बरमा जम्मा गरिएको हो, सोको स्पष्ट विवरण बुझाउन संस्थापकहरूलाई निर्देशन दिएको छ। विभागले सूचनामा भनेको छ– ‘ के कति रकम, कसको नाममा रहेको, कुन बैंक तथा वित्तीय संस्थाको खातामा जम्मा गरिएको हो, भन्ने सम्पूर्ण विवरण स्पष्ट रूपमा फरक नपर्ने गरी १५ दिनभित्र उपलब्ध गराउनु।’

व्यवसायी दीपक भट्ट प्रमुख रहेको इन्फिनिटी होल्डिङ्स र उनीसँग आबद्ध कम्पनीहरूले सार्वजनिक खरिद, जलविद्युत् र बिमा लाइसेन्स प्रक्रियामा सन्दिग्ध गतिविधि गरेको र करका दर हेरफेरसम्म प्रभाव पारेको आरोपमा विभागले हाल भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit