Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एफएनसीसीआई निर्वाचन : ज्योत्सना श्रेष्ठले टीम घोषणा, निजी क्षेत्रको एकतामा जोड

एफएनसीसीआई निर्वाचन : ज्योत्सना श्रेष्ठले टीम घोषणा, निजी क्षेत्रको एकतामा जोड
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि एशोसिएटतर्फ उपाध्यक्ष उम्मेदवार ज्योत्सना श्रेष्ठ ले आफ्नो टीम घोषणा गरेकी छन्। उनले महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल को नेतृत्वमा समूह सार्वजनिक गरेकी हुन्।

विज्ञापन
Advertisement
Advertisement

श्रेष्ठले अध्यक्ष ढकालको समर्थन रहेको आफ्नो समूहको जित सुनिश्चित रहेको दाबी गर्दै वर्तमान आर्थिक चुनौतीका बीच निजी क्षेत्रको भूमिका अझ महत्वपूर्ण भएको बताइन्। व्यवसायमैत्री वातावरण सुधारका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रको योगदानलाई राज्यले उच्च महत्व दिनुपर्ने उल्लेख गर्दै नयाँ नेतृत्वले अधुरा काम पूरा गर्नुपर्ने बताए।

त्यसैगरी कार्यक्रममा सहभागी व्यवसायी तथा महासंघका पूर्व पदाधिकारीहरूले उद्योगी–व्यवसायीको हितमा काम गर्न सक्षम नेतृत्वको आवश्यकता औंल्याउँदै श्रेष्ठ नेतृत्वको समूहलाई समर्थन जनाएका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit