Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

हाईस्कूलमै एमबीए स्तरको व्यावसायिक कौशल देखाएका प्रिमियरका विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी

हाईस्कूलमै एमबीए स्तरको व्यावसायिक कौशल देखाएका प्रिमियरका विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी
विज्ञापन
Advertisement

ललितपुर । प्रिमियर इन्टरनेसनल स्कूलले कक्षा ११ र आइबीडीपी पहिलो वर्षका विद्यार्थीहरूका लागि आयोजना गरेको उद्यमशील प्रदर्शनी सम्पन्न गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

शिक्षा र उद्योगजगतलाई जोड्ने सेतुका रुपमा स्कूलले सञ्चालन गरेको उक्त प्रर्दशनीमा विद्यार्थीहरूले स्थानीय नेपाली स्रोतको प्रयोग गरी तयार पारेका ६ वटा मौलिक व्यावसायहरु प्रस्तुत गरेका थिए। जसलाई विद्यार्थीहरूले लगानीकर्तालाई आकर्षित गर्न आफ्ना योजनाहरू सुनाएका थिए । विशेषगरी विद्यार्थीले कक्षाकोठाको सिद्धान्तलाई बजारको वास्तविकतासँग जोड्दै बजार अनुसन्धान, उत्पादन विकास र व्यावसायिक मोडेल निर्माणको प्रत्यक्ष अनुभव बटुलेको स्कूलको धारणा छ ।

विद्यार्थीहरूले नेपालको मौलिकता र वर्तमान आवश्यकतालाई ध्यानमा राख्दै प्राकृतिक मच्छर भगाउने मिस्ट: रसायनमुक्त र वातावरणमैत्री उत्पादन, फुरान्दाना आधारित खाजा, दुग्धजन्य विकल्पको बढ्दो मागलाई सम्बोधन गर्ने भेगन डेरी प्रोडक्ट, ढाका फेसन, नेपालका विभिन्न भेगका मौलिक स्वादको ब्रान्डिङ गर्न सात प्रदेशका अचार तथा
काठजन्य उत्पादनका सामग्री प्रर्दशनीमा राखेका थिए ।

प्रसिद्ध उद्यमीहरू विनी वज्राचार्य, विर्गिट लिनहार्ट र जीतेन्द्र रञ्जीतको निर्णायक मण्डलले विद्यार्थीहरूको कार्यको मूल्यांकन गरेको जनाइएको छ । जसमा प्रर्दशनीमा ढाका फेसन सर्वोत्कृष्ट पिच चुनिएको छ। सो प्रर्दशनीमार्फत ढाका व्यवसाय र प्राकृतिक मच्छर भगाउने मिस्टले निर्णायकहरूको तर्फबाट लगानीको अवसर समेत पाएको छ। विज्ञापन गुरु जीतेन्द्र रञ्जीतले अचार व्यवसायको मार्केटिङबाट प्रभावित भई विद्यार्थीहरूलाई हाईस्कूल सकिनेबित्तिकै रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागी अवनी एड्भरटाइजिङका संस्थापक जीतेन्द्र रञ्जीतले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्ने प्रतिक्रिया दिए । ‘तपाईंहरु स्नातक पढेकाले जस्तै सोच्दै हुनुहुन्छ। हाइस्कूल सकिनेबित्तिकै म तपाईंहरूलाई रोजगारीको अवसर दिन चाहन्छु।’ प्रिमियर इन्टरनेसनल स्कूलको यस पहलले विद्यार्थीहरूमा समालोचनात्मक सोच, सिर्जनशीलता र उद्यमशील आत्मविश्वास विकास गर्न ठूलो भूमिका खेलेको संस्थाको विश्वास छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit