Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सर्लाहीमा ग्यास सिलिन्डर लिक भएर आगलागी, एक घर जलेर नष्ट

सर्लाहीमा ग्यास सिलिन्डर लिक भएर आगलागी, एक घर जलेर नष्ट
विज्ञापन
Advertisement

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका– १ बिलन्दी टोलमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी भई घर तथा घरभित्र रहेका सामान पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार बिहान करिब ९ बजे स्थानीय दिवश बम्जनको काठले बनेको दुईतले घरको भान्सा कोठामा खाना पकाउने ग्यास सिलिन्डर लिक भई आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डिएसपी सरोज राईका अनुसार आगलागीबाट मानवीय तथा चौपाया क्षति नभए पनि घर, लत्ताकपडा, अन्नपात, भाडाकुँडा, गरगहना तथा फर्निचर पूर्ण रुपमा जलेर नष्ट भएको छ। उनका अनुसार क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ ।

आगलागी इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको टोली, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस हरिवनबाट खटिएको टोली तथा श्री कालीध्वज गण पाँचकुमारी ब्यारेकबाट दमकलसहित खटिएको संयुक्त टोली र स्थानीयवासीको सहयोगमा बिहान ९ः४५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit