Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

शेयर बजार बढ्दा उत्साह, कारोबार घट्दा निराशामा लगानीकर्ता

शेयर बजार बढ्दा उत्साह, कारोबार घट्दा निराशामा लगानीकर्ता
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको अन्तिम कारोबार शुक्रबार शेयर बजार २७.४९ अंकले बढेर दुई हजार ७४५.६५ विन्दुमा आइपुगेको छ। नेप्से परिसूचक बढ्दा लगानीकर्तामा उत्साहित देखिएका छन्। तर, कारोबार रकम घट्दा भने लगानीकर्तामा निराशा थपिएको छ। बजारमा कारोबार रकम घट्नु भनेको बजारप्रति लगानीकर्ता उत्साहित वा आकर्षण छैन भन्ने देखाउँछ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो दुई करिब दुईवर्ष यताकै दुई अर्ब माथिको मात्र कारोबार हुँदा निराश भएका लगानीकर्ता यो दिन पनि उत्साहित कारोबार हुन सकेन । यो दिन धितोपत्र र ऋणपत्रगरी ७४ लाख ७८ हजार कित्ता शेयर किनबेचहुँदा तीन अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो सातासम्म औसत पाँच अर्ब कारोबार भइरहेको अवस्था यो साता कारोबार रकममा भारी गिरावट आएको छ । यतिबेला शेयर मूल्यहरु सस्तो भएका छन् ।

अब सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेको छ । त्यसले पनि लगानीकर्ताहरुलाई पर्ख र हेरको अवस्थामा ल्याएको हुन सक्छ । यो दिन कारोबारमा आएका १३ वटै समूहको सूचक बढेको छन् । सबै समूहको सूचक बढ्दा जलविद्युत, होटल समूह र निर्जिवन बीमा कम्पनीमा लगानीकर्ता आर्षित देखिएका हुन्।

बढेको बजारमा त्रिशुली जलविद्युत कम्पनी, होटल फरेस्ट इन, सूर्यकुण्ड इलेक्ट्रिक लिमिटेडको शेयर मूल्य ६.१२ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेको छ । यो दिन स्वाबालम्बन लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई समून्नती योजना, फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य २.६२ प्रतिशतसम्मले घटेको छ ।

यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा होटल फरेस्ट इन,रिलायन्स स्पेनिङ मिल्स,सोलु हाइड्रोपावर,न्यादी ग्रुप पावर,रिडी पावर कम्पनीको १० करोड १५ लाख रुपैयाँदेखि १३ करोड ८६ लाख रुपैयाँसम्मको कारोबार भएकोछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit