Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आइजीआई प्रुडेन्सियलको नाफा २६ करोडबाट ४ लाखमा खुम्चियो, ईपीएस कति ?

आइजीआई प्रुडेन्सियलको नाफा २६ करोडबाट ४ लाखमा खुम्चियो, ईपीएस कति ?
विज्ञापन
Advertisement

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा भारी गिरावट देखिएको छ। कम्पनीले यो अवधिमा जम्मा ४ लाख ३८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.८३ प्रतिशतको गिरावट हो। अघिल्लो वर्ष कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो।

सार्वजनिक वित्तीय विवरण अनुसार नाफामा उल्लेख्य गिरावट आएपनि कम्पनीको व्यवसाय विस्तार भने सुधारिएको छ । कम्पनीको कुल बीमा शुल्क ४.६९ प्रतिशतले वृद्धि भएर २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको उल्लेख छ। अघिल्लो आवको समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन २ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ थियो ।

यस्तै, यो अवधिमा कम्पनीको खुद बीमा शुल्क संकलन १२.१४ प्रतिशतले बढेर १ अर्ब ४ करोड १९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ८५ करोड १८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ६१ लाख रुपैयाँ रिटेन्ड अर्निङमा ५९ लाख ८४ हजार रुपैयाँ रहेको छ।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहँदा प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ०.०२ रुपैयाँमा खुम्चिएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने १८२.७२ रुपैयाँ रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit