काठमाडौं । होटल संघ नेपाल (हान) ले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बकेजूलाई मनोनयन गरेको छ।
बकेजू भक्तपुरको रानीकोटस्थित भिलेज हाइल्याण्ड्स रिसोर्टका प्रबन्ध निर्देशक समेत हुन् । संघको असार १४ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार अध्यक्ष विनायक शाहले बकेजूलाई तदर्थ समितिको अध्यक्षमा मनोनयन गरेका हुन्। शाहले बकेजूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नवनियुक्त अध्यक्ष बकेजूलाई बागमती प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व हुने गरी प्रभावकारी र समावेशी प्रादेशिक समिति गठन गर्ने जिम्मेवारी दिइएको संघले जनाएको छ। संघका अनुसार बकेजूको नेतृत्वमा प्रदेशस्तरमा संगठन सुदृढीकरण, होटल व्यवसायीहरूको हकहित संरक्षण तथा पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि सक्रिय भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ।
होटल संघ नेपालले प्रदेशस्तरमा संगठनलाई थप सशक्त बनाउँदै होटल तथा पर्यटन व्यवसायीबीच समन्वय र सहकार्य बढाउने उद्देश्यका साथ बागमती प्रदेश तदर्थ समिति बनाएको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्