Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

युनाइटेड मोदीका शेयरधनिले ७.३६ प्रतिशत लाभांश पाउने, सञ्चालक सदस्यमा पाण्डे र अधिकारी निर्वाचित

युनाइटेड मोदीका शेयरधनिले ७.३६ प्रतिशत लाभांश पाउने, सञ्चालक सदस्यमा पाण्डे र अधिकारी निर्वाचित
विज्ञापन
Advertisement

काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १२औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंको कालीमाटी ब्याङ्केटमा कम्पनीका अध्यक्ष नवीन सिलवालको अध्यक्षतामा सम्पन्न उक्त सभाले शेयरधनीहरूका लागि प्रस्ताव गरिएको कुल ७.३६८४२ प्रतिशत लाभांश पारित गरेको छ। पारित लाभांशमध्ये ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश रहेको छ।

यसैगरी, साधारणसभाले सञ्चालक समितिको सदस्य पदमा रेणुका पाण्डे र प्राप्ति अधिकारीलाई निर्वाचित गरेको छ। नवनिर्वाचित सञ्चालकहरूले कम्पनीको आगामी रणनीति र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

सभाले आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सर्वसम्मतिले स्वीकृत गरेको छ। यस्तै, आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गरिएको कम्पनीले जनाएको छ।

यस्तै, सभाले विशेष प्रस्तावका रुपमा कम्पनीले अन्य क्षेत्रमा लगानी सहज बनाउन कम्पनीको नाम परिवर्तन गर्ने र सोही अनुरूप प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीको जारी पुँजी वृद्धि गर्ने तथा हकप्रद शेयर निष्कासनका लागि नियमनकारी निकायमा आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्ने जिम्मा सञ्चालक समितिलाई दिने लगायतका विषय पारित गरेको छ ।

साधारणसभामा बोल्दै शेयरधनीहरूले कम्पनीले वितरण गरेको लाभांशको स्वागत गरेका छन्। उनीहरूले आगामी वर्षहरूमा पनि यस्तै प्रतिफल सुनिश्चित गर्न सञ्चालक समिति र व्यवस्थापन पक्षलाई सुझाव दिएका छन्।

युनाइटेड मोदी हाइड्रोपावरले पर्वत जिल्लाको कुश्मा नगरपालिका–८ मा १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। यस आयोजनाले २०६९ मंसिर ९ गतेदेखि निरन्तर रूपमा व्यापारिक उत्पादन गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit