Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बैंकिङ पहुँचमा दृष्टिविहीनलाई जोड्दै कामना सेवा विकास बैंक

बैंकिङ पहुँचमा दृष्टिविहीनलाई जोड्दै कामना सेवा विकास बैंक
विज्ञापन
Advertisement

काठमाडौं। कामना सेवा विकास बैंकले समावेशी बैंकिङलाई प्रवद्र्धन गर्दै दृष्टीविहीन व्यक्तिहरुलाई वित्तीय साक्षरता सम्पन्न गरेको छ । सर्वोदय परियोजनासँगको सहकार्यमा बैंकिङ पहुँचसँग जोड्ने उद्धेश्यका साथ दृष्टीविहीन व्यक्तिहरुलाई वित्तीय साक्षरताको उद्धेश्यले दुईदिने कार्यशाला गोष्ठी आयोजना गरिएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सिएसआर प्रमुख सुशील पौडेलले बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसरहरु, डिजिटल कारोवार, डिजिटल ठगी लगायतका विषयहरुमा वित्तीय साक्षरता प्रदान गरेको संस्थाले जनाएको छ।

कार्यक्रममा हस्ताक्षर तालिमलाई विषेश प्राथमिकता दिईएको तथा बैंकिङ कारोबारका क्रममा आवश्यक पर्ने हस्ताक्षर सम्बन्धी व्यवहारिक अभ्यास गराइएको जनाइएको छ। संस्थाका अनुसार यसमार्फत सहभागीहरूलाई आत्मविश्वासी बनाउने प्रयास गरिएको थियो। उक्त तालिमले दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ प्रक्रिया सहज रूपमा प्रयोग गर्न थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

उक्त कार्यक्रममा ४० जना दृष्टिविहीन व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै सर्वोदय परियोजनाका अध्यक्ष युवराज वाग्लेले दृष्टीविहीनहरुलाई दिएको हस्ताक्षर तालिम प्रति खुशी व्यक्त गरे । उनले वित्तीय साक्षरता कार्यक्रम उपयोगी र प्रभावकारी रहेको बताए।

सर्वोदय परियोजनाकै सौगात वाग्ले आफू पनि दृष्टीविहीन भएको र अन्य व्यक्तिहरुले जस्तै बैंकिङ सेवाहरु प्राप्त गरि सुरक्षित रुपले बैंकिङ सेवाहरु उपभोग गरिरहेको बताए ।

यसैगरी, कामना सेवा विकास बैंकले दृष्टिविहीनहरूलाई लक्षित गरेर ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त खाता खोल्ने दृष्टिविहीनहरूले अन्य व्यक्तिहरूले जस्तै मोबाइल बैंकिङ, एटीएम कार्ड लगायतका सुविधाहरू प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले उक्त खाता खोल्‌नका लागि दृष्टिविहीन भएको कारणले अतिरिक्त कुनै पनि कागजात वा अन्य कुनै साक्षी आवश्यक नपर्ने र खाता सञ्चालन सम्बन्धी शर्तहरू ब्रेल लिपिमा समेत उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit