Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्यको प्रतिबद्धता

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्यको प्रतिबद्धता
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा अध्यक्ष ढकालले निजी क्षेत्रका तर्फबाट प्रधानमन्त्रीलाई शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएकोमा विशेष धन्यवाद ज्ञापन गरेको जानकारी दिएका हुन् ।

अध्यक्ष ढकालले सामाजिक सञ्जालमार्फत स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्कीको प्रशंसा गरेका छन् । चुनावी सरकारलाई सुम्पिएको महत्त्वपूर्ण राष्ट्रिय जिम्मेवारी सफलतापूर्वक पूरा गरेको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने साझा प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।

‘भेटका क्रममा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा समृद्ध नेपालको यात्रालाई तीव्र बनाउने विषयमा साझा प्रतिबद्धता व्यक्त गरियो’, अध्यक्ष ढकालले लेखेका छन् ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit