Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नौ महिनामा निक्षेपमा उत्साहजनक वृद्धि, कर्जा विस्तारमा सुस्तता

नौ महिनामा निक्षेपमा उत्साहजनक वृद्धि, कर्जा विस्तारमा सुस्तता
विज्ञापन
Advertisement

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय तथ्याङ्कले बैंकिङ प्रणालीको वित्तीय अवस्थामा मिश्रित संकेत देखाएको हो। निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा केही सुस्तता देखिए पनि निक्षेप संकलनमा भने वृद्धि भएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.५ प्रतिशत (६ अर्ब १५ अर्ब ६७ करोड) ले वृद्धि भई कुल ७८ खर्ब ७९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ५.७ प्रतिशतले मात्र बढेको थियो। वार्षिक विन्दुगत आधारमा हेर्दा निक्षेपको वृद्धिदर १५.५ प्रतिशत देखिएको छ।

यस अवधिमा सर्वसाधारण र संस्थाहरूको प्राथमिकता मुद्दतीबाट बचत निक्षेपतर्फ सरेको देखिएको छ । सार्वजनिक तथ्यांकअनुसार बचत निक्षेप ४५.३ प्रतिशत (अघिल्लो वर्ष ३५.८ प्रतिशत थियो), मुद्दती निक्षेप ३८.९ प्रतिशत (अघिल्लो वर्ष ५१ प्रतिशत थियो) र चल्ती निक्षेप ७ प्रतिशत रहेको छ।

निक्षेप सङ्कलनको तुलनामा निजी क्षेत्रतर्फको कर्जा प्रवाह कम देखिएको छ। समीक्षा अवधिमा निजी क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशत (३११ अर्ब ९५ करोड) ले बढेर ५८ खर्ब ०९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले बढेको थियो। क्षेत्रगत कर्जा वृद्धिलाई हेर्दा उपभोग्य क्षेत्रमा ११.७ प्रतिशत वृद्धि, निर्माण क्षेत्रमा १०.७ प्रतिशत, यातायात तथा सञ्चारतर्फ १०.१ प्रतिशत वृद्धि हुँदा कृषि क्षेत्रमा भने २.३ प्रतिशतले गिरावट आएको उल्लेख छ । बैंकहरूको कुल कर्जामध्ये अझै पनि ६३.४ प्रतिशत कर्जा घरजग्गा धितोमा रहेको छ।

विभिन्न शीर्षकका कर्जाहरूमध्ये ट्रष्ट रिसिट (आयात) कर्जा सबैभन्दा बढी ३२.० प्रतिशतले बढेको छ। त्यस्तै, सेयर बजारसँग सम्बन्धित मार्जिन प्रकृतिको कर्जा १३.४ प्रतिशत र हायर पर्चेज कर्जा ८.५ प्रतिशतले वृद्धि भएको छ।

संस्थागत निक्षेपको हिस्सा भने गत चैतको तुलनामा केही घटेको छ। २०८१ चैतमा ३५.४ प्रतिशत रहेको संस्थागत निक्षेपको अंश हाल ३३.९ प्रतिशतमा झरेको छ। समग्रमा, बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) पर्याप्त देखिए पनि कृषिमा कर्जा प्रवाह घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit