Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

नेपाली आभूषणको अन्तर्राष्ट्रिय बजार विस्तारमा दूतावासको सहयोग रहने

नेपाली आभूषणको अन्तर्राष्ट्रिय बजार विस्तारमा दूतावासको सहयोग रहने
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको प्रतिनिधिमण्डलले जापानस्थित नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलसँग भेटवार्ता गरी नेपाली सुनचाँदी, रत्न तथा आभूषणको जापानी बजारमा प्रवर्द्धन र व्यापारिक सहकार्य विस्तारबारे छलफल गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

महासंघका अध्यक्ष किशन सुनारको नेतृत्वमा जापान पुगेको ३४ सदस्यीय प्रतिनिधिमण्डलले जापानस्थित नेपाली राजदूतावासमा कार्यवाहक राजदूत पौडेलसँग शिष्टाचार भेटवार्ता गरेको हो ।भेटमा महासंघको जापान भ्रमण तथा जापान ज्वेलरी फेयर २०२६ मा सहभागिता, नेपाल र जापानबीच सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रमा व्यापारिक सहकार्य, लगानी, प्रविधि आदानप्रदान तथा बजार विस्तारका सम्भावनाबारे छलफल भएको थियो । अध्यक्ष सुनारले जापानमा रहेका नेपाली समुदाय, जापानी व्यवसायी तथा सम्बन्धित संस्थासँग सहकार्य विस्तार गर्दै नेपाली आभूषण तथा हस्तकलाजन्य उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

कार्यवाहक राजदूत पौडेलले महासंघको जापान भ्रमण तथा जापान ज्वेलरी फेयर २०२६ मा सहभागिताका लागि शुभकामना दिँदै नेपालको सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन र विस्तारका लागि आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटघाटमा महासंघका अध्यक्षसहित ३४ सदस्यीय प्रतिनिधिमण्डल, नेपाली राजदूतावासका अधिकारी तथा गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष दीपक सुनारको उपस्थिति थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit