Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

अमेरिका र चीनबीच इरानलाई आणविक हतियार बनाउन नदिने सहमति, ताइवानबारे मौन ट्रम्प

अमेरिका र चीनबीच इरानलाई आणविक हतियार बनाउन नदिने सहमति, ताइवानबारे मौन ट्रम्प
विज्ञापन
Advertisement

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने विषयमा महत्वपूर्ण सहमति भएको छ।

विज्ञापन
Advertisement
Advertisement

ह्वाइट हाउसले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार, दुवै देशका प्रमुखहरू ‘इरानसँग कहिल्यै पनि आणविक हतियार हुनु हुँदैन’ भन्ने कुरामा एकमत भएका हुन् ।

विशेषगरी इरान र इजरायलबीचको बढ्दो सैन्य तनाव र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधकाबीच दुई विश्व शक्ति राष्ट्रबीच यस्तो सहमती भएको हो । ट्रम्प भ्रमणमा भएको अर्को रोचक र कूटनीतिक पक्ष भनेको ताइवानको मुद्दामा देखिएको मौनता हो। ह्वाइट हाउसले वार्ताको विवरण सार्वजनिक गर्दा ताइवानको कतै उल्लेख गरेको छैन। जबकि चिनियाँ सञ्चारमाध्यमहरूले ताइवानलाई ‘रेड लाइन’ (उल्लंघन गर्न नहुने सीमा) भन्दै आएका थिए ।

राष्ट्रपति ट्रम्पलाई बेइजिङको ‘टेम्पल अफ हेभन’ भ्रमणका क्रममा पत्रकारहरूले ताइवानबारे प्रश्न सोधेका थिए, तर उनले कुनै जवाफ दिएनन् । अमेरिकी पक्षको यो मौनतालाई कूटनीतिज्ञहरूले इरान र व्यापारिक मुद्दामा चीनको ठोस सहयोग जुटाउन गरिएको ‘रणनीतिक सन्तुलन’ का रूपमा हेरेका छन् ।

इरान मामिला बाहेक, ट्रम्प र सीबीच अमेरिकी कृषि उत्पादन (विशेषगरी सोयाबिन र गोमांस) को खरिद बढाउने र अमेरिकामा अवैध रूपमा भित्रिने ‘फ्यान्टानिल’ (लागूऔषध) को कच्चा पदार्थ नियन्त्रण गर्न चीनले थप कदम चाल्ने सहमति पनि भएको छ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले यस वार्तालाई अत्यन्तै राम्रो र उत्कृष्ट भनेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit