Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

मन्त्रालयतगत बेरुजु : १० मन्त्रालयमा कुल बेरुजुको ९७.३९ प्रतिशत हिस्सा, अन्यमा २.६१ प्रतिशत, कुन मन्त्रालयको कति बेरुजु ?

मन्त्रालयतगत बेरुजु  : १० मन्त्रालयमा कुल बेरुजुको ९७.३९ प्रतिशत हिस्सा, अन्यमा २.६१ प्रतिशत, कुन मन्त्रालयको कति बेरुजु ?
विज्ञापन
Advertisement

 काठमाडाैं । महालेखापरीक्षको कार्यालयले  ६३ औं प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१-०८२ को प्रतिवेदनमा १० मन्त्रालयमा कुल बेरुजुको ९७.३९ प्रतिशत र अन्यमा २.६१ प्रतिशत बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

विज्ञापन
Advertisement
Advertisement

सबैभन्दा धेरै संघीय मन्त्रालय अन्तर्गत अर्थ मन्त्रालयमा सबैभन्दा धेरै बेरुजु रहेको छ । यो वर्ष ३७ अर्ब ६३ करोड रुपैयाँ बेरुजु अर्थ मन्त्रालयमा देखिएको छ । ७०.३६ प्रतिशत बेरुजु अर्थ मन्त्रालयमा देखिएको हो ।

दोस्रो बेरुजु देखिने मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय रहेको छ । जसमा ७ अर्ब १० करोड बेरुजु देखिएको हो ।

त्यसैगरी भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्रालयमा १ अर्ब ५३ करोड ६६ लाख बेरुजु देखिएको हो । त्यस्तै, वन तथा वातावरणमा एक अर्ब ३४ करोड,सञ्चार मन्त्रालयमा १ अर्ब १६ करोड, सहरी विकासमा ८० करोड, परराष्ट्रमा ७४ करोड, उर्जा तथा जलस्रोत तथा सिँचाइमा ६५ करोड २६ लाख, गृहमा ५७ करोड ७२ लाख, स्वास्थ्य तथा जनसंख्या ५२ कराृड ४३ लाख, अन्य १ अर्ब ३९ करोड बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit