काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ अन्तर्गत ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर –नेपाल’ को उपाधि जितेको छ।
थाइल्यान्डको बैंककमा इन्डियन च्याम्बर अफ कमर्सद्वारा हालै आयोजित कार्यक्रमकाबीच कम्पनीलाई यो विधामा सर्वोत्कृष्ट घोषणा गरिएको हो। आयोजकबाट प्राप्त आधिकारिक ट्रफी र प्रमाणपत्र हालै कम्पनीको ग्रहण गरेको जनाएको छ।
यो सम्मानले सिटिजन लाइफको सुदृढ वित्तीय अवस्था,सेवाग्राहीप्रतिको उत्तरदायित्व र गुणस्तरीय सेवा प्रदान, परिष्कृत र अत्याधुनिक डिजिटल प्रविधिको प्रयोगसँगै रुपान्तरण तथा आम नागरिकसम्म जीवन बीमा को पहुँच पुर्याउन खेलेको नेतृत्वदायी भूमिकाको आधारमा प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीको केन्द्रीय कार्यालयमा सम्मानपत्र ग्रहण गर्दै प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले भने–‘आज यो ट्रफी र प्रमाणपत्र कम्पनीमा प्राप्त हुँदा हामी अत्यन्तै गौरवान्वित भएका छौँ। यो अन्तर्राष्ट्रिय सम्मान हाम्रा आदरणीय ग्राहक महानुभावहरूले हामीप्रति देखाउनुभएको अटुट विश्वास, अभिकर्ता साथीहरू र कर्मचारी वर्गको कडा परिश्रमको प्रतिफल हो। हामी यो पुरस्कार हाम्रा सम्पूर्ण सिटिजन परिवार र शुभचिन्तकहरूमा समर्पित गर्दछौँ।’
सिटिजन लाइफ इन्स्योरेन्सले विगतमा झैँ आगामी दिनमा पनि आफ्ना सेवाहरूलाई अझ बढी सुरक्षित, भरपर्दो र प्रविधिमैत्री बनाउने संकल्प गरेको छ।

















प्रतिक्रिया दिनुहोस्