Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सूर्य नेपाल गल्फ टुरअन्तर्गत सूर्य नेपाल च्यालेन्ज सुरु हुँदै

सूर्य नेपाल गल्फ टुरअन्तर्गत सूर्य नेपाल च्यालेन्ज सुरु हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५/२६ अन्तर्गतको सातौं प्रतियोगिता ‘सूर्य नेपाल च्यालेन्ज’ मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुने भएको छ। चार दिनसम्म सञ्चालन हुने प्रतियोगिता मे २२ सम्म चल्नेछ।

विज्ञापन
Advertisement
Advertisement

७२ होलको प्रतियोगितामा ३९ जना व्यवसायिक तथा १२ जना एमेच्योर गरी ५१ जना गल्फर सहभागी हुनेछन्। पहिलो ३६ होलपछि कट लागू गरिनेछ। त्यसपछि उत्कृष्ट १८ व्यवसायिक खेलाडीसहित कट पार गर्ने एमेच्योर खेलाडीहरूले अन्तिम ३६ होलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख १० हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ७० हजार रुपैयाँ हात पार्नेछन्। चौथो र पाँचौं स्थान हासिल गर्ने खेलाडीहरूले क्रमशः ५५ हजार र ४६ हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट १८ स्थानभित्र रहने अन्य व्यवसायिक खेलाडीहरूले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

यस सिजन तीन उपाधि जितिसकेका भुवन नगरकोटी, अर्डर अफ मेरिटमा शीर्ष स्थानमा रहेका तथा दुई उपाधि विजेता निरज तामाङ, शुक्रबहादुर राई, दिनेश प्रजापति र जयराम श्रेष्ठ प्रतियोगिताका प्रमुख दाबेदारका रूपमा रहेका छन्। एमेच्योरतर्फ सूर्य नेपाल सेन्ट्रल ओपनका विजेता राहुल विश्वकर्मा पनि उपाधिका बलिया दाबेदार मानिएका छन्।

प्रतियोगितालाई लक्षित गर्दै गल्फ कोर्सको अवस्था विशेष रूपमा सुधार गरिएको आयोजकले जनाएको छ। अधिकांश खेलाडीहरू अभ्यास चरणमार्फत कोर्सको अवस्थासँग अभ्यस्त भइरहेको बताइएको छ।

नेपाल व्यवसायिक गल्फर सङ्घका अध्यक्ष रविन्द्रमान श्रेष्ठले अघिल्ला प्रतियोगिताझैं यसपटक पनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै राम्रो स्कोर गर्ने विश्वास व्यक्त गरे। उनले गल्फ खेलको विकास र प्रवर्द्धनमा निरन्तर सहयोग पुर्‍याउँदै आएको सूर्य नेपाल प्रालिप्रति आभार पनि व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit