Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

नेप्सेमा ३० अङ्कको उछाल, कारोबार ३ अर्ब ८२ करोड नाघ्यो

नेप्सेमा ३० अङ्कको उछाल, कारोबार ३ अर्ब ८२ करोड नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३०.०८अङ्कले उकालो लागेर दुई हजार ७५४ दशमलव ४८ मा पुगेको हाे ।

विज्ञापन
Advertisement
Advertisement

यो १.१० प्रतिशतको वृद्धि हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६८ अङ्कले उकालो लागेर ४७१ दशमलव शून्य छ मा पुगेको छ । कूल ३४६ कम्पनीको एक करोड छ लाख ६१ हजार ४७६ कित्ता शेयर रु तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार ९६६ मूल्यमा खरिद बिक्री भयो । कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ ।

यस्तै, आँखु खोला हाइड्रोपावर, अपि पावर कम्पनी, रिडी पावर कम्पनी र नेशनल हाइड्रोपावर शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । यस्तै, अप्पर लोहोरे खोला हाइड्रोपावर, माउण्टेन हाइड्रोपावर, बुङ्गल हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र सिटी होटलका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, एसबिएल डिवेञ्चर, प्राइम डिवेञ्चर, बोटलर्स नेपाल बालाजु र नेपाल एसबिआई बैंक डिवेञ्चरका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् । कारोबार भएकामध्ये कूल २४८ कम्पनीको शेयर मूल्य बढ्दा, २१ कम्पनीको भने घटेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit