Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

देशको आर्थिक र औद्योगिक विकासका लागि युवा उद्यमी मञ्चद्वारा छलफल

देशको आर्थिक र औद्योगिक विकासका लागि युवा उद्यमी मञ्चद्वारा छलफल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) युवा उद्यमी मञ्चले नेपालको वर्तमान आर्थिक तथा औद्योगिक अवस्था र आगामी दिशाबारे एक उच्चस्तरीय छलफल गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

देशको खस्कँदो आर्थिक गतिविधि, औद्योगिक उत्पादनमा आएको ह्रास र युवा उद्यमीहरूले भोग्नुपरेका समसामयिक चुनौतीहरूलाई केन्द्रमा राखेर उक्त छलफल हालै आयोजना गरिएको हो।

छलफलमा अर्थविद्, उद्योगी, सरकारी अधिकारी तथा युवा उद्यमीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमका वक्ताहरूले नेपालको अर्थतन्त्रलाई गतिशिल बनाउन परम्परागत नीतिहरूमा आमूल परिवर्तन गर्नुपर्ने र आन्तरिक उत्पादन वृद्धिमा जोड दिनुपर्ने औंल्याएको जारी विज्ञप्तिमा उल्लेख छ।

छलफलका प्यानलिस्टहरूमा पूर्व मन्त्री उद्योग मन्त्री अनिल कुमार सिन्हा, पूर्व अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेलगायत क्षेत्रगत विज्ञहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सीएनआईवाइईएफकी उपाध्यक्ष निदा दून मल्लले गरिन् ।

कार्यक्रममा सीएनआईवाइईएफका अध्यक्ष मनिष श्रेष्ठले वर्तमान आर्थिक अवस्थाको सही विश्लेषण गर्नुपर्नेमा जोड दिए । ‘भविष्यको मार्ग तय गर्न हामीले पहिले आफ्नो वर्तमान अवस्थाको सही विश्लेषण गर्नुपर्छ । अनुभवी नीति निर्माता र युवा उद्यमीहरूको उर्जाबीचको दुरी मेटाउन मन्च सधैं प्रतिबद्ध छ,’ उनले भने ।

छलफलका क्रममा संघीय वित्तीय प्रशासनका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधा र नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनबारे गम्भीर विमर्श गरिएको थियो। प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवा लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुले तरलता, नीतिगत स्थिरता र लगानीको वातावरणका विषयमा प्यानलिस्टहरूसँग जिज्ञासा राखेका थिए।

प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुले तरलता, नीतिगत स्थिरता र लगानीको वातावरणका विषयमा राखिएका जिज्ञासाको विज्ञहरुले प्रस्ट्याएका थिए ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit