Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

हिरासतमा रहेका सुलभसँग ‘आइप्याड’ भेटिएपछि ललितपुर प्रहरीमाथि नै छानबिन

हिरासतमा रहेका सुलभसँग ‘आइप्याड’ भेटिएपछि ललितपुर प्रहरीमाथि नै छानबिन
विज्ञापन
Advertisement

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) को गम्भीर कसुरमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई हिरासतभित्रै नियमविपरीत सुविधा र डिजिटल ग्याजेट (आइप्याड) प्रयोग गर्न दिएको उजुरीपछि प्रहरीमाथि नै उच्चस्तरीय छानबिन सुरु भएको छ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रहरी परिसर, ललितपुरको हिरासतमा रहेका व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टलाई अनाधिकृत सुविधा उपलब्ध गराएको उजुरी परेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले उच्चस्तरीय छानबिन समिति गठन गरी अनुसन्धान सुरु गरेको हो ।

प्रहरी स्रोतका अनुसार हिरासतभित्रै पहुँचवाला थुनुवालाई विशेष सुविधा दिइएको सूचना बाहिरिएपछि उपत्यका प्रहरी कार्यालयले डीआईजी ओम अधिकारीको नेतृत्वमा छानबिन समिति बनाएर अध्ययन गरिरहेको छ। हिरासतमा राखिएका दुबैलाई ललितपुरका प्रमुख (एसएसपी) होबिन्द्र बोगटीको आदेशमा अतिरिक्त सुविधा दिएको विषय बाहिर आएपछि उपत्यका प्रहरी कार्यालयले डीआईजी ओम अधिकारीको नेतृत्वमा छानबिन समिति बनाएको हो । समितिले जेठ १ गतेदेखि नै हिरासतको सुरक्षा र व्यवस्थापनमा खटिएका प्रहरी कर्मचारीहरूसँग सोधपुछ सुरु गरिसकेको बताइएको छ ।

हिमालयन रि–इन्स्योरेन्स र विभिन्न सूचीकृत कम्पनीमार्फत अर्बौँ रुपैयाँ हिनामिना तथा शंकास्पद कारोबार गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्टलाई गत चैत १९ गते र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई चैत २१ गते नियन्त्रणमा लिएको थियो।

विभागको आफ्नो छुट्टै हिरासत कक्ष नभएका कारण उनीहरूलाई न्यायिक हिरासतका लागि ललितपुर प्रहरीको जिम्मा लगाएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit