Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी
विज्ञापन
Advertisement

वीरगन्ज। समयमा काम सम्पन्न नगरेको तथा व्यावसायिक लेनदेनको मुद्दामा दोषी ठहर भएका पप्पु कन्ट्रक्सन प्रालिका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पर्सा जिल्ला अदालतले विगो सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय तोकिएका रौनियारलाई पक्राउ गरी उपस्थित गराउन प्रहरीको नाममा पक्राउ पुर्जी जारी गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ निवासी प्रमोद निर्माण सेवाका सञ्चालक मनोज पटेलले दायर गरेको विगो मुद्दामा अदालतले गत वैशाख ३१ गते रौनियारलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो। जिल्ला अदालतले आदेश जारी गरेको एक साता बितिसक्दा समेत जिल्ला प्रहरी कार्यालय पर्साले रौनियारलाई पक्राउ गर्न तदारुकता नदेखाएको वादी प्रमोद निर्माण सेवाका सञ्चालक पटेलले आरोप लगाए ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले भने अदालतको आदेश कार्यान्वयन गर्न प्रहरीले आवश्यक कदम चालिसकेको बताए । रौनियारलाई पक्राउ गर्ने जिम्मेवारी जिल्ला प्रहरी कार्यालयको फैसला कार्यान्वयन टोलीलाई दिइएको र फरार रहेका उनलाई नियन्त्रणमा लिन भौतिक तथा प्राविधिक संयन्त्र परिचालन गरिएको डीएसपी बस्नेतले बताए।

के थियो विवाद ?
सघन सहरी विकास कार्यालयअन्तर्गत वीरगन्ज महानगरपालिकामा सडक तथा नाला निर्माणका लागि स्वच्छन्द, पप्पु र युनाइटेड जेभीले संयुक्त रूपमा ठेक्का सम्झौता गरेका थिए। सोही निर्माण कार्यका क्रममा पप्पु कन्ट्रक्सनले प्रमोद निर्माण सेवासँग गिट्टी, बालुवा लगायतका निर्माण सामग्री खरिद गरेको थियो। तर, सामग्री लिएबापतको रकम भुक्तानी नगरेपछि सञ्चालक मनोज पटेलले जिल्ला अदालत पर्सामा विगो सम्बन्धी मुद्दा दर्ता गराएका थिए।

उक्त मुद्दामा सुनुवाइ गर्दै पर्सा जिल्ला अदालतले २०८० कात्तिक २० गते रौनियारलाई १ करोड १५ लाख ६५ हजार रुपैयाँ वादीलाई भुक्तानी गर्न आदेश दिएको थियो। फैसलामा यदि विगो बराबरको रकम भुक्तानी नगरेमा रौनियारलाई २ वर्ष कैद सजाय हुने उल्लेख थियो।

जिल्ला अदालतको उक्त फैसला विरुद्ध रौनियारले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा पुनरावेदन गरेका थिए। तर, उच्च अदालतले रौनियारको पुनरावेदन खारेज गर्दै जिल्ला अदालत पर्साकै फैसलालाई सदर गरिदिएको थियो। अदालतको फैसला अन्तिम भएसँगै अहिले प्रहरीले उनलाई पक्राउ गर्न कानुनी प्रक्रिया अघि बढाएको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit