Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पोखरा आइडिया मार्टको चौथो संस्करणमा ‘हिमेक्सा’ प्रथम

पोखरा आइडिया मार्टको चौथो संस्करणमा ‘हिमेक्सा’ प्रथम
विज्ञापन
Advertisement

पोखरा । ‘पोखरा आइडिया मार्ट’ को चौथो संस्करण सम्पन्न भएको छ। युवाहरूमा उद्यमशीलता र नवीन सोच (आइडिया) को विकास गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताको फाइनलमा ११ वटा टोलीलाई पछि पार्दै ‘हिमेक्सा’ का रविन पौडेल र दीपक पनेरु विजेता बनेका छन्।

विज्ञापन
Advertisement
Advertisement

प्रतियोगितामा ‘द डाएनामिक ड्युओ’ का सुजन लामिछाने र विक्रम कुँवर पहिलो रनर अप, ‘अर्गानिक साइकल’ का ओसन मगर, गौतम राजा र निर्मला सुवेदी दोस्रो रनर अप तथा ‘आमाबा केयर’ का अनुजा गौतम र जगतजननी अधिकारी तेस्रो रनर अप घोषित भएका छन्। विजेता, पहिलो, दोस्रो र तेस्रो रनर अप टोलीले क्रमशः नगद १ लाख ५० हजार, ४० हजार, ३० हजार र २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजना तथा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) कास्कीको सहकार्यमा सञ्चालित ७ दिने सघन बुट क्याम्प (अभिमूखीकरण सत्र) पश्चात आयोजना गरिएको अन्तिम प्रस्तुतीकरणमा ४० जना सहभागी समेटिएका ११ वटा टोलीले आ–आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेको आयोजकले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit