Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

भोली भन्सार कार्यालयहरु बन्द हुने, दर्ता भएका प्रज्ञापनपत्र आजै जाँचपास नगरिए नयाँ बजेटअनुसार कर लाग्ने

भोली भन्सार कार्यालयहरु बन्द हुने, दर्ता भएका प्रज्ञापनपत्र आजै जाँचपास नगरिए नयाँ बजेटअनुसार कर लाग्ने
विज्ञापन
Advertisement

काठमाडौं। शुक्रबार देशभर भन्सार जाँचपास बन्द हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

भन्सार विभागले मातहतका सबै भन्सार कार्यालयलाई आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने दिन भएकाले शुक्रबार भन्सार जाँचपास बन्द गर्न सर्कुलर गरेको हो।

विभागको सर्कुलर अनुसार बिहीबारसम्म दर्ता हुने प्रज्ञापनपत्र आजै जाँचपास गरिसक्नुपर्नेछ। अन्यथा नयाँ बजेटमा गरिएको व्यवस्था अनुसार कर लाग्नेछ। ‘अर्थ मन्त्रीज्यूबाट जेठ १५ मा आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक आय र व्ययको विवरण (बजेट) संघीय संसदमा प्रस्तुत हुने भएकोले सो दिन यात्री जाँचपासबाहेक भन्सार जाँचपासको कार्य बन्द गर्न गराउन हुन तथा जेठ १६ गतेबाट भन्सार जाँचपास गर्दा आर्थिक विधेयक, २०८३ मार्फत भएका परिवर्तन आसिकुडा प्रणालीमा अद्यावधिक भएरनभएको यकिन गरेर मात्र जाँचपास गर्न हुन अनुरोध छ,’ विभागले जारी गरेको सर्कुलरमा भनिएको छ,‘साथै जेठ १४ सम्म दर्ता भएका प्रज्ञापनपत्र सोही मितिभित्र जाँचपास गर्नु गराउनु हुन र प्रज्ञापनपत्र बाँकी रहेको खण्डमा आर्थिक विधेयक, २०८३ मा दररेट परिवर्तन भएमा सोही अनुरुप जाँचपास गर्ने एवम् मिति जेठ १४ वा सो भन्दा अगाडी मूल प्रज्ञापनपत्रबाट घोषणा गरेका तर जाँचपास हुन बाँकी वस्तुको हकमा महसुल दर परिवर्तन भएमा परिवर्तित दर अनुसार छुट हुने महसुल असुली गरेर मात्र पटके प्रज्ञापनपत्र बाट वस्तु जाँचपास गर्नुहुन समेत निर्णयानुसार अनुरोध छ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit