Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

स्वास्थ्य मन्त्रालयमा १८ सय ८ पुल दरबन्दी स्वीकृत, थपिए ९७७ नयाँ पद

स्वास्थ्य मन्त्रालयमा १८ सय ८ पुल दरबन्दी स्वीकृत, थपिए ९७७ नयाँ पद
विज्ञापन
Advertisement

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापन कार्य सम्पन्न भई १८०८ संघीय पुल दरबन्दी अन्तिम स्वीकृत भएको छ।

विज्ञापन
Advertisement
Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार साविकको ८३१ दरबन्दीमा ९७७ नयाँ दरबन्दी थप गरी कूल १८०८ दरबन्दी कायम गरिएको छ । मन्त्रालयका अनुसार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत भई उक्त दरबन्दी विवरण स्वास्थ्य मन्त्रालयमा प्राप्त भएको हो। स्वीकृत दरबन्दीहरूमा अब छिट्टै लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुल्ला पदपूर्ति प्रक्रिया सुरु गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यो स्वीकृत सूची ‘संघीय पुल दरबन्दी’ को संरचना मात्र भएको स्पष्ट पारेको छ। तसर्थ, सिएमए, अहेब, अनमी लगायतका प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीहरूको हकमा भने निकट भविष्यमै प्रदेश र स्थानीय तहहरूमा ठूलो संख्यामा दरबन्दी खुल्ने मन्त्रालयले जानकारी दिएको छ।

यस पटकको नयाँ संगठन संरचनामा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit