Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

नेप्से २५ सय ७६ विन्दुमा, कारोबार रकम ८ अर्ब ४१ करोड पुग्यो

नेप्से २५ सय ७६ विन्दुमा, कारोबार रकम ८ अर्ब ४१ करोड पुग्यो
विज्ञापन
Advertisement

काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यसदिन नेप्से ६.११ अंकले बढेर २५ सय ७६.२९ विन्दुमा बन्द भएको हो।

विज्ञापन
Advertisement
Advertisement

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। सोमबार ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार बढेर ८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। यसदिन ३८३ वटा धितोपत्रका १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबार भएका कम्पनीमध्ये १६४ वटाको सेयर मूल्य बढ्दा १०१ वटाको घटेको छ भने १० वटा कम्पनीको मूल्य स्थिर रह्यो। मंगलबार १० प्रतिशत केबिएल डिबेन्चर २०९० को सर्वाधिक ५२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भयो। यस्तै १० प्रतिशत एनएमबी डिबेन्चर २०९० को ३९ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भयो।

समूहतर्फ १३ मध्ये उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहका परिसूचक बढेका छन्। व्यापार समूहको परिसूचक सर्वाधिक १।४७ प्रतिशतले वृद्धि भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit