Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

११ महिनामा व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो, आयात–निर्यात दुवै बढे

११ महिनामा व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो, आयात–निर्यात दुवै बढे
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८२्\० ८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार विस्तार भए पनि व्यापार घाटा अझै बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.७ प्रतिशतले वृद्धि भई १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले बढेको थियो।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकका अनुसार ११ महिनामा कुल वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ७७।८ प्रतिशतले बढेको थियो।

गन्तव्यका आधारमा भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फ ९.२ प्रतिशतले बढेको छ। तर चीनतर्फको निर्यात भने ३५.८ प्रतिशतले घटेको छ।

वस्तुगत रूपमा भटमासको तेल, पाम तेल, अलैंची, चाउचाउ र ब्रानको निर्यात बढेको छ। भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका सामग्रीको निर्यातमा कमी आएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, समीक्षा अवधिमा कुल वस्तु आयात १५.२ प्रतिशतले वृद्धि भई १८ खर्ब ९४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात १३.१ प्रतिशतले बढेको थियो।

मुलुकगत आधारमा भारतबाट आयात ११.८ प्रतिशत, चीनबाट २१.५ प्रतिशत तथा अन्य मुलुकबाट १८.९ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत रूपमा पेट्रोलियम पदार्थ, चाँदी, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्ट्स, रासायनिक मल र भटमासको कच्चा तेलको आयात बढेको छ। जबकि खाने तेल, हट रोल्ड शिट इन क्वाइल, लसुन, एमएस तार, छड, बार, क्वाइल तथा एमएस बिलेटको आयात घटेको छ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.७ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १५.१ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानीमार्फत १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ बराबर रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit