Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो, १८ महिनाको वस्तु आयात धान्ने

विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो, १८ महिनाको वस्तु आयात धान्ने
विज्ञापन
Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति २३।३ प्रतिशतले बढेर २६ खर्ब ७७ अर्ब रुपैयाँबाट ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा माघ मसान्तसम्म १६.७ प्रतिशतले बढेर २२ अर्ब ७६ करोड पुगेको छ। कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति पनि बढेको छ।

असार मसान्तमा २४ खर्ब १४ अर्ब रुपैयाँ रहेको यस्तो सञ्चिति माघ मसान्तसम्म २१.२ प्रतिशतले वृद्धि भई २९ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनासम्मको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चिति बैंकिङ क्षेत्रसँग २१.३ महिनाको वस्तु आयात तथा १८ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit