Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

सांसदका काम र व्यवहार जनताले नियालिरहेका छन्, जिम्मेवार बन्नुहोस् : सभामुख अर्याल

सांसदका काम र व्यवहार जनताले नियालिरहेका छन्, जिम्मेवार बन्नुहोस् : सभामुख अर्याल
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदका हरेक गतिविधिको जनताले निरन्तर मूल्यांकन गरिरहेको भन्दै जिम्मेवार, अनुशासित र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

संघीय संसद् सचिवालयले सोमबारदेखि सिंहदरबारमा आयोजना गरेको प्रतिनिधिसभाका सांसदहरूको दुईदिने अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै सभामुख अर्यालले सांसदको मूल्यांकन अब पार्टी नेतृत्वले मात्र नभई आम नागरिकले पनि गरिरहेको बताए।

उनले सांसदहरूबीच राम्रो कानुन निर्माण, उत्कृष्ट प्रस्तुति र मर्यादित व्यवहारमार्फत जनताको मूल्यांकनमा अब्बल बन्न स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गरे। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले त्यसअनुसार जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

सभामुख अर्यालले कार्यक्रममा सांसदहरूको न्यून तथा ढिलो उपस्थितिप्रति असन्तुष्टि जनाउँदै समयको सदुपयोग गर्न आग्रह गरे। तालिमका क्रममा मोबाइलमा अत्यधिक व्यस्त नहुन, आपसमा अनावश्यक गफ नगर्न र सिकाइमा केन्द्रित हुन उनले सांसदहरूलाई सचेत समेत गराए।

उनले प्रतिनिधिसभामा धेरै नयाँ सांसद रहेकाले संसदीय विधि, प्रक्रिया र अभ्यासबारे थप जानकारी आवश्यक रहेको बताए । ‘अहिले प्रतिनिधिसभामा धेरै नयाँअनुसार हुनुहुन्छ, संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो,’ सभामुख अर्यालले भने, ‘संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु ।’

जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले स्वागत मन्तव्य व्यक्त गर्दै सांसदहरूलाई संसदीय प्रक्रिया र अभ्यासबारे थप जानकारी दिने उद्देश्यले दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चालन भइरहेको उक्त कार्यक्रम सोमबार र मंगलबारसम्म जारी रहनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit