काठमाडौं। बोश नेपालले आफ्नो आधिकारिक वितरक इन्फ्राटेक प्रालिसँगको सहकार्यमा ‘बोश पावर पार्टनर्स समिट नेपाल २०२६’ सम्पन्न गरेको छ।
काठमाडौंमा हालै आयोजित कार्यक्रममा देशभरका करिब १२० डिलर, रिटेलर तथा व्यावसायिक प्रयोगकर्ताको सहभागिता रहेको थियो।
वार्षिक रूपमा आयोजना हुने उक्त समिटको उद्देश्य व्यावसायिक सम्बन्धलाई अझ सुदृढ बनाउनु, बजारसम्बन्धी जानकारी आदानप्रदान गर्नु तथा बोश पावर टुल्सका नवीनतम प्रविधि र उत्पादन सार्वजनिक गर्नु रहेको कम्पनीले जनाएको छ।
कार्यक्रममा बोशका नयाँ आई–सिरिज, नयाँ पुस्ताका ह्यान्ड टुल्स तथा निर्माण, काठ उद्योग र औद्योगिक क्षेत्रमा प्रयोग हुने अत्याधुनिक कर्डलेस समाधानहरू प्रदर्शन गरिएको थियो। उत्पादन प्रदर्शन, व्यावसायिक छलफल र नेटवर्किङ सत्रमार्फत सहभागीहरूलाई नवीन प्रविधि तथा बजारका पछिल्ला प्रवृत्तिबारे जानकारी दिइएको जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बोश पावर टुल्स इन्डियाका क्षेत्रीय अध्यक्ष सन्मय दास गुप्ताले नेपाल दक्षिण एसियामा बोश पावर टुल्सका लागि महत्वपूर्ण सम्भावना बोकेको बजार रहेको बताए। उनले डिलर साझेदारसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै कर्डलेस तथा व्यावसायिक उत्पादनको दायरा विस्तार गर्ने, उत्कृष्ट बिक्रीपछिको सेवा र डिजिटल पहुँचमार्फत ग्राहकलाई थप मूल्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, बोश नेपालका कन्ट्री हेड सन्दीप कामतले नेपाल बोश पावर टुल्सका लागि महत्वपूर्ण विकासोन्मुख बजार भएको उल्लेख गर्दै नवीन उत्पादन, प्रभावकारी बिक्रीपछिको सेवा र डिलर सञ्जालसँगको सहकार्यलाई अझ मजबुत बनाइने बताए।
इन्फ्राटेक प्रालिका प्रबन्ध निर्देशक आकाश गोल्छाले गुणस्तर, सुदृढ साझेदारी र ग्राहक सन्तुष्टिलाई कम्पनीको सफलताको आधार भन्दै देशभरका व्यावसायिक प्रयोगकर्तालाई उत्कृष्ट समाधान उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए। उनले भने, ‘हाम्रो सफलताको आधार सुदृढ साझेदारी, गुणस्तरप्रतिको प्रतिबद्धता र ग्राहक सन्तुष्टि हो। बोश र हाम्रो डिलर सञ्जालसँगको सहकार्यमा देशभरका व्यावसायिक प्रयोगकर्तालाई उत्कृष्ट समाधान उपलब्ध गराउन पाउँदा हामी गर्व महसुस गर्छौँ।’
कार्यक्रममा बोश पावर टुल्स इन्डिया क्षेत्रकी मार्केटिङ प्रमुख ऋतु झाले कम्पनीका नवीनतम उत्पादन तथा प्रविधिबारे प्रस्तुति दिएकी थिइन्। यस अवसरमा नेपालमा बोश पावर टुल्सको व्यवसाय विस्तारमा योगदान पुर्याउने उत्कृष्ट १० ग्राहक तथा डिलरलाई सम्मान समेत गरिएको थियो। समिटको समापनसँगै बोश नेपाल र इन्फ्राटेकले नवीन उत्पादन, गुणस्तरीय बिक्रीपछिको सेवा र डिलर सञ्जालसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै नेपालमा व्यावसायिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सन् २०१७ देखि इन्फ्राटेक प्रालि नेपालका लागि बोश पावर टुल्सको एकमात्र आधिकारिक वितरकका रूपमा कार्यरत छ। कम्पनीले देशभर १०० भन्दा बढी आधिकारिक डिलरमार्फत वास्तविक बोश उत्पादन, वारेन्टी तथा प्राविधिक सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्