Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

नतिजा प्रक्रियामा सरकार स्पष्ट र विश्वस्त छ: मन्त्री पोखरेल

नतिजा प्रक्रियामा सरकार स्पष्ट र विश्वस्त छ: मन्त्री पोखरेल
विज्ञापन
Advertisement

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै सार्वजनिक गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन्। आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशन गर्नुपर्ने समयमा नै सार्वजनिक गरिएको उनले बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा प्रक्रियाप्रति सरकार स्पष्ट र विश्वस्त रहेको उल्लेख गरेका छन्। उनका अनुसार समयमै नतिजा प्रकाशन गर्न प्रक्रियालाई व्यवस्थित बनाइएको हो, हतारमा निर्णय गरिएको होइन।

नतिजासम्बन्धी विषयमा उठेका जिज्ञासा र प्रश्नको निष्पक्ष परीक्षणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने समिति गठन गरिएको उनले जानकारी दिए। समितिले उत्तरपुस्तिकाको नमुना परीक्षण गर्नुका साथै परीक्षाङ्क र डेटा इन्ट्रीको रुजु गर्नेछ।

मन्त्री पोखरेलले नतिजासम्बन्धी विषयमा शान्तिपूर्ण रूपमा भइरहेको आन्दोलनप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक समाजमा नागरिकले आफ्ना धारणा राख्न पाउने अधिकारको सम्मान गरिनुपर्ने बताए। साथै आन्दोलनरत विद्यार्थी वा कुनै पनि समूहप्रति गालीगलौज, दुर्व्यवहार तथा अपमानजनक टिप्पणी नगर्न सबैमा आग्रह गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit