Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

पूर्वाधार, पर्यटन र शिक्षामा केन्द्रित बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम

पूर्वाधार, पर्यटन र शिक्षामा केन्द्रित बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम
विज्ञापन
Advertisement

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आज नीति तथा कार्यक्रम ल्याएको छ । देशैभरका स्थानीय तहले असार १० गते नै नीति तथा कार्यक्रम र बजेट ल्याए पनि बागलुङ नगरपालिकाले विभिन्न समस्याका कारण ल्याउन सकेको थिएन । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहले असार १० गते नै नीति तथा कार्यक्रम ल्याएका थिए ।

विज्ञापन
Advertisement
Advertisement

देशैभरबाट २५ स्थानीय तहले असार १० गते बजेट ल्याउन सकेका थिएनन् । त्यसमध्ये बागलुङ नगरपालिका पनि एक हो । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ ।

सामाजिक विभेद तथा अमानवीय दृष्टिकोणलाई चिर्न र छोरीलाई उच्च शिक्षाको उज्यालोसम्म पु¥याउने सञ्चालित ‘नगरको छोरी कार्यक्रम’लाई थप परिष्कृत गरी निरन्तरता दिइएको छ । यसअघि नगरपालिकाले दिँदै आएको पाँच हजार रुपैयाँमा शतप्रतिशत थप गरी १० हजार रुपैयाँ पु¥याइने प्रमुख श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकाको केन्द्रदेखि प्रत्येक वडा कार्यालयसम्म बाह्रै महिना चल्ने पक्की सडक पु¥याइने प्रमुख श्रेष्ठले बताए। बाँझो जमिनलाई हराभरा बनाउन र किसानलाई सिधै उत्पादनसँग जोड्न ‘एक बोट, सयको नोट’ कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । यस नीतिअन्तर्गत बाँझो र खाली जमिनमा फलफूल, कफी, टिमुर वा बहुमूल्य जडीबुटीका बिरुवा रोपी संरक्षण गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रतिजीवित बोट पहिलो वर्ष १०० रुपैयाँ, दोस्रो वर्ष ७५ रुपैयाँ, तेस्रो वर्ष ५० रुपैयाँ र चौथो वर्ष २५ रुपैयाँ नगद अनुदान उपलब्ध गराइने प्रमुख श्रेष्ठले बताए ।

बागलुङ बजारलाई थप आकर्षक, सफा र व्यवस्थित बनाउन बजार क्षेत्रभित्र रहेका विद्युतीय पोलहरूमा पहिचान झल्किने राष्ट्रिय झण्डा अङ्कित रङ पेन्टिङ गरिने र सरसफाइ तथा सकारात्मक चेतना जगाउने कलात्मक स्लोगन पेन्टिङ गरिने छ । बागलुङ बजार र आसपासका क्षेत्रमा छाडा तथा सामुदायिक कुकुरका कारण पैदलयात्री र मोटरसाइकल सवारले भोग्नुपरेको असुरक्षा तथा दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न ‘कुकुर सेल्टर हाउस’लाई थप आधुनिक र व्यवस्थित बनाइने प्रमुख श्रेष्ठले बताए ।

नगर क्षेत्रभित्र होमस्टे सञ्चालन तथा प्रवद्र्धनलाई प्रोत्साहन गर्न नवीकरण तथा वार्षिक शुल्क व्यवस्थापनका लागि प्रतिहोमस्टे वार्षिक १५ हजार रुपैयाँ सम्म अनुदान उपलब्ध गराइने र स्थानीय मदिरा उत्पादन तथा ब्रान्डिङ कार्यका लागि २० हजार रुपैयाँ सम्म प्रोत्साहन अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ । रैथाने बालीको संरक्षण र प्रवद्र्धनमा प्रोत्साहन गर्न ‘बसे पनि सहर, गाउँकै खाने रहर’ अन्तर्गत जैविक तथा विषादीमुक्त कृषि उत्पादन, पोषणयुक्त खाद्य वस्तुको उत्पादनमा गर्न किसानालाई प्रोत्साहन गरिने प्रमुख श्रेष्ठले बताए । बलेवा, कालिका भगवती, पञ्चकोट, मालिका भगवती, कुवेरथाम, सालिग्राम सङ्ग्रहालय, गण्डकी स्नानघाट लगायतका धार्मिक तथा सांस्कृतिकस्थलको प्रवद्र्धनलाई प्राथमिकता दिइने उनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit