Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

सञ्चारमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

सञ्चारमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता
विज्ञापन
Advertisement

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच द्विपक्षीय सम्बन्ध, विकास साझेदारी तथा डिजिटल रूपान्तरणलगायत विविध विषयमा छलफल भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा सञ्चार क्षेत्रको सुदृढीकरण, सङ्घीयताको प्रभावकारी कार्यान्वयन, डिजिटल पूर्वाधार विस्तार तथा सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने विषयमा विचार आदानप्रदान भएको हो। भेटका क्रममा मन्त्री तिमिल्सिनाले नेपाललाई अष्ट्रेलियाले उपलब्ध गराउँदै आएको विकास सहायताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे। उनले नेपाली विद्यार्थीका लागि अष्ट्रेलियाले प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै यसको दायरा विस्तार गर्न आग्रह गरेका छन्।

मन्त्री तिमिल्सिनाले सरकारले हुलाक सेवाको आधुनिकीकरणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अष्ट्रेलियाको आधुनिक हुलाक प्रणालीका अनुभव र सफल अभ्यास नेपालमा लागू गर्न प्राविधिक सहयोगको अपेक्षा पनि व्यक्त गरे। उनले डिजिटल नेपाल अभियानअन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाउने, डिजिटल पूर्वाधार विस्तार गर्ने तथा सूचना प्रविधिमा आधारित सेवा प्रणाली विकासमा सरकार सक्रिय रहेको जानकारी दिँदै यस क्षेत्रमा अष्ट्रेलियाको सहयोग आवश्यक रहेको बताए।

भेटमा मन्त्री तिमिल्सिनाले नेपाल मानवअधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै जिम्मेवार, तथ्यपरक र व्यावसायिक पत्रकारितालाई प्रवर्द्धन गर्न सरकार लागिपरेको बताए। उनले पत्रकारको क्षमता अभिवृद्धि, डिजिटल पत्रकारिता र तथ्य परीक्षणसम्बन्धी सीप विकासमा पनि सहकार्यको आवश्यकता औँल्याए।

राजदूत अन्स्र्टले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि विकास साझेदारी कायम रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यका नयाँ क्षेत्र विस्तार गर्न अष्ट्रेलिया सकारात्मक रहेको बताए। उनले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार भए पनि पछिल्लो समय बढ्दो गलत सूचना र दुष्प्रचार चुनौती बनेकाले त्यसको व्यवस्थापनमा साझा प्रयास आवश्यक रहेको धारणा राखे।

उनले नेपालमा सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि अष्ट्रेलियाले गर्दै आएको प्राविधिक तथा संस्थागत सहयोग आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit