Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

फोटोन मोटर्स नेपालद्वारा बुटवलमा नयाँ ३एस शोरुम सञ्चालनमा

फोटोन मोटर्स नेपालद्वारा बुटवलमा नयाँ ३एस शोरुम सञ्चालनमा
विज्ञापन
Advertisement

बुटवल । फोटोन मोटर्स नेपालले पश्चिम नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ गर्दै बुटवलमा नयाँ अत्याधुनिक ३एस (बिक्री, सेवा तथा स्पेयर पार्ट्स) शोरुम सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि.को सहकार्यमा असार १५ गते आयोजित उद्घाटन समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बराल र फोटोन नेपालका कन्ट्री म्यानेजर साइरस ले संयुक्त रूपमा रिबन काटेर शोरुमको शुभारम्भ गरेका थिए।

बुटवलको मणिग्राममा सञ्चालनमा आएको नयाँ शोरुमले रुपन्देही, पाल्पा, नवलपरासी तथा आसपासका जिल्लाका ग्राहकलाई लक्षित गरी सेवा प्रदान गर्नेछ। ३एस सुविधासहितको यस केन्द्रबाट सवारी बिक्री, बिक्रीपछिको सेवा तथा जेन्युइन स्पेयर पार्ट्स एउटै स्थानबाट उपलब्ध हुने भएकाले ग्राहकलाई थप सहजता मिल्ने कम्पनीले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले बुटवल शोरुमलाई केवल व्यापार विस्तारको रूपमा नभई नेपालभर ग्राहकसँगको सम्बन्ध मजबुत बनाउने दीर्घकालीन प्रतिबद्धताको प्रतीक भएको बताए। उनले प्रत्येक टचपोइन्टमा गुणस्तर, विश्वास र सेवा उत्कृष्टतालाई प्राथमिकता दिइने उल्लेख गरे।

नयाँ शोरुम सञ्चालनसँगै फोटोन मोटर्स नेपालले देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्ने रणनीतिलाई थप गति दिएको छ। कम्पनीले ग्राहकको आवश्यकताअनुसार स्थानीय स्तरमै सेवा उपलब्ध गराउँदै विश्वसनीयता र पहुँच बढाउने लक्ष्य राखेको छ।

एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि. नेपालमा व्यावसायिक सवारीसाधन आपूर्ति गर्ने प्रमुख कम्पनी हो। फोटोन भेहिकल्सको आधिकारिक वितरकका रूपमा यसले उच्च गुणस्तरका मोबिलिटी समाधान, बिक्रीपछिको सेवा र देशव्यापी सेवा सञ्जालमार्फत ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit