Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

तीन महिनापछि बिपी क्यान्सर अस्पतालका कर्मचारीले पाए तलब

तीन महिनापछि बिपी क्यान्सर अस्पतालका कर्मचारीले पाए तलब
विज्ञापन
Advertisement

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्ष नियुक्त भएसँगै तीन महिनादेखि रोकिएको कर्मचारीको तलब, भत्ता तथा अन्य नियमित भुक्तानी प्रक्रिया सुरु भएको छ।

विज्ञापन
Advertisement
Advertisement

गत चैत २० गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा असार १९ गते डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भएर कार्यभार सम्हालेपछि अस्पतालको आर्थिक गतिविधि पुनः सञ्चालनमा आएको हो। अस्पतालका कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार अध्यक्षको अभावमा तलब, भत्ता र अन्य नियमित भुक्तानी रोकिएको थियो। अध्यक्ष नहुँदा औषधिलगायत अत्यावश्यक सामग्री खरिदमा समेत समस्या उत्पन्न भएको थियो। अस्पतालको नियमावलीअनुसार मूल खाताबाट खर्च हुने खातामा रकम स्थानान्तरण गर्न अध्यक्ष र कार्यकारी निर्देशक दुवैको हस्ताक्षर अनिवार्य हुने व्यवस्था छ।

कार्यकारी निर्देशक पदसमेत रिक्त भएपछि उपनिर्देशक नेपाललाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो। हाल अध्यक्ष नियुक्त भएसँगै दैनिक प्रशासनिक तथा आर्थिक कामकाज सहज बनेको अस्पतालले जनाएको छ।

यद्यपि, अस्पतालको सञ्चालक समितिमा पदेनबाहेक अन्य सदस्य पद अझै रिक्त छन्। अर्थ मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव वा तोकिएका प्रतिनिधि तथा भरतपुर महानगरपालिकाका प्रमुख पदेन सदस्य रहने व्यवस्था छ।

कार्यकारी निर्देशक नेपालले ठूला नीतिगत निर्णयका लागि सञ्चालक समितिको आवश्यकता रहने भए पनि नियमित सेवा प्रवाहमा अहिले कुनै समस्या नरहेको बताउनुभयो। उहाँका अनुसार अध्यक्ष नियुक्तिपछि अस्पतालका नियमित काम पुनः सहज रूपमा सञ्चालन हुन थालेका छन्। हाल अस्पतालमा करिब ८०० चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit