Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक पूर्ण अवरुद्ध, सबै सवारीसाधन सञ्चालनमा रोक

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक पूर्ण अवरुद्ध, सबै सवारीसाधन सञ्चालनमा रोक
विज्ञापन
Advertisement

काठमाडौं । निरन्तरको वर्षासँगै मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा माथिबाट लेदो खसेपछि सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको छ। डिभिजनले तैनाथ अवस्थामा राखिएका चार वटा हेभी मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ।

यता, यात्रुको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, चितवनले अर्को सूचना जारी नभएसम्मका लागि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

सडक खुलाउने प्रयास जारी रहेकाले अत्यावश्यक बाहेक उक्त सडकखण्डमा यात्रा नगर्न तथा सम्बन्धित निकायको पछिल्लो सूचना पालना गर्न प्रशासनले आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit