काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले निर्यात प्रवर्द्धन, नीतिगत सुधार र निर्यात क्षेत्रका चुनौतीबारे छलफल गर्न आज प्रमुख निर्यातजन्य उद्योगसँग आबद्ध व्यवसायीका प्रतिनिधिसँग बैठक गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुनेछन्।
बैठकमा निर्यात बढाउन देखिएका समस्या, नीतिगत सुधारका आवश्यकता र सम्भावित समाधानका उपायबारे व्यवसायीका सुझाव संकलन गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रधानमन्त्री शाहले पछिल्लो समय अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रका समस्या बुझ्न उद्योगी–व्यवसायी तथा सम्बन्धित सरोकारवालासँग निरन्तर संवाद गर्दै आएका छन्।















प्रतिक्रिया दिनुहोस्