Advertisement
Advertisement
Corporate Samachar
१२ श्रावण २०८३, मंगलवार
Advertisement
Advertisement

नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा ७ दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह

नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा ७ दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानून आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया अघि बढाउँदै प्रस्तावित विधेयकको मस्यौदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार मन्त्रालयले एक सुचना जारी गर्दै सूचना प्रकाशित भएको मितिदेखि ७ दिनभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम उक्त विधेयकको मस्यौदा तथा त्यसको तर्जुमा गर्नुको कारण र सम्भावित प्रभावबारे सर्वसाधारणको राय संकलन गर्न सूचना प्रकाशित गरिएको हो ।

मन्त्रालयले सम्बन्धित सबै पक्षलाई आफूले सञ्चालन गरेको सुझाव पोर्टलमार्फत विधेयकबारे आफ्नो राय तथा सुझाव पठाउन अनुरोध गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit