Advertisement
Advertisement
Corporate Samachar
१२ श्रावण २०८३, मंगलवार
Advertisement
Advertisement

सुनसरी घटनाबारे छलफल गर्न रविले बोलाए सर्वदलीय बैठक

सुनसरी घटनाबारे छलफल गर्न रविले बोलाए सर्वदलीय बैठक
विज्ञापन
Advertisement

काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले सर्वदलीय बैठक बोलाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

रास्वपाका अनुसार बैठक भोलि बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ। साथै, उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि छलफलमा सहभागी हुन निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार सबै दललाई औपचारिक पत्राचार गरिसकिएको छ भने सभापति लामिछानेले दलका शीर्ष नेताहरूसँग व्यक्तिगत रूपमा टेलिफोन सम्पर्क गरी बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

रास्वपाले सुनसरीको घटना अत्यन्तै संवेदनशील र दुःखद रहेको उल्लेख गर्दै त्यसबाट उत्पन्न असहज परिस्थितिमा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण, सामाजिक सद्भाव कायम तथा शान्ति–सुरक्षालाई थप मजबुत बनाउन प्रशासनिक प्रयाससँगै राजनीतिक तहबाट पनि साझा सन्देश र अपिल आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit