काठमाडाैं । जिल्ला अदालत काठमाण्डुले उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाण्डुले मंगलबार बीमा र धितोपत्र सम्बन्धी कसूरमा थुनछेक बहसपछि गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो ।न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले बीमा सम्बन्धी कसुरमा गोल्छालाई ७५ लाख धरौटी माग्ने आदेश गरेको छ । धितोपत्रको कसुरमा गोल्छालाई २५ लाख धरौटी माग्ने आदेश भएको छ ।
अदालतको आदेशपछि गोल्छा बैंक ग्यारेन्टी राखेर छुटेका छन् । यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा गत जेठ २८ गते जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा अदालतले धरौटी मागेर रिहा गरेको छ ।
















प्रतिक्रिया दिनुहोस्