काठमाडौं । घर निर्माण वा घर खरिदको योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना अघि सारेको छ। बैंकले ग्राहकको आवश्यकता र आर्थिक क्षमताअनुसार लचिलो आवास कर्जा उपलब्ध गराएर घरको सपना साकार बनाउन सहयोग गर्ने जनाएको हो।
बैंकका अनुसार यस योजनामार्फत घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी अन्य आवश्यकताका लागि कर्जा लिन सकिनेछ। ग्राहकको आय, आवश्यकता र भुक्तानी क्षमताअनुसार कर्जा सुविधा प्रदान गरिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
नबिल बैंकले घर स्वामित्वलाई सहज बनाउन सरल र व्यवस्थित वित्तीय समाधान उपलब्ध गराउने उद्देश्यले यो योजना सञ्चालनमा ल्याएको जनाएको छ। कर्जाको सीमा, भुक्तानी अवधि तथा अन्य सुविधासम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको उल्लेख गरिएको छ।
आवास कर्जाबारे थप जानकारी, आवश्यक कागजात, योग्यता तथा कर्जा प्रक्रियासम्बन्धी विवरणका लागि ग्राहकलाई नबिल बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न पनि बैंकले आग्रह गरेको छ।
















प्रतिक्रिया दिनुहोस्