काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्ने उद्देश्यले ३० अर्ब रुपैयाँ बराबरको दुई महिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार उक्त निक्षेप संकलनका लागि साउन १३ गते दिउँसो ३स्०० बजेसम्म अनलाइन बिडिङ प्रणाली मार्फत बोलकबोल गर्न सकिनेछ। उपकरणको अवधि ६१ दिन रहनेछ भने साँवा र ब्याज असोज १२ गते भुक्तानी गरिनेछ।
बोलकबोलबाट नै ब्याजदर निर्धारण हुने व्यवस्था गरिएको छ। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन् भने अधिकतम रकम कुल आह्वान रकम अर्थात् ३० अर्ब रुपैयाँसम्म हुनेछ। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी हुनुपर्ने व्यवस्था गरिएको छ।
यस निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ुकु, ुखु र ुगु वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। एउटै संस्थाले फरक–फरक ब्याजदरमा बहुविध बोलकबोल गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
राष्ट्र बैंकका अनुसार बोलपत्रको बाँडफाँड सबैभन्दा कम ब्याजदरबाट सुरु गर्दै आह्वान गरिएको रकम पूरा हुने गरी गरिनेछ। समान ब्याजदरमा माग बढी भएमा अनुपातिक (प्रो–राटा) आधारमा बाँडफाँड हुनेछ।
राष्ट्र बैंकले सम्पूर्ण वा आंशिक बोलपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा निहित रहने जनाएको छ। स्वीकृत बोलपत्रको रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खाताबाट स्वतः कट्टा गरिनेछ।
साथै, स्वीकृत संस्थाको खातामा निष्काशनका दिन पर्याप्त मौज्दात नभएमा त्यस्ता संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइने चेतावनी पनि राष्ट्र बैंकले दिएको छ।















प्रतिक्रिया दिनुहोस्