Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री :कहिलेकाहीँ आफ्नै काखमा सधैंका लागि अँगालेर राख्ने नियति रहेको हुन्छ

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री :कहिलेकाहीँ आफ्नै काखमा सधैंका लागि अँगालेर राख्ने नियति रहेको हुन्छ
विज्ञापन
Advertisement

काठमाडौं। प्रधानमन्त्रीले पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित दिवङ्गत सम्पूर्ण आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

शोक सन्देश जारी गर्दै प्रधानमन्त्रीले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन्। हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैंका लागि अँगालेर राख्ने नियति रहेको उनको भनाइ छ।

प्रधानमन्त्रीले विश्वको १२औं अग्लो हिमाल ब्रोड पिकमा निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीको दुःखद निधनले समग्र राष्ट्र नै स्तब्ध र मर्माहत भएको बताएका छन्।

उनले निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा टुंगिएको भए पनि उनीहरूले साहस, समर्पण, कर्तव्यनिष्ठा र मानवीय सम्भावनाको सीमालाई नयाँ उचाइमा पुर्‍याउँदै रचेको इतिहास कहिल्यै नमेटिने उल्लेख गरेका छन्। उनीहरूको योगदानले भावी पुस्तालाई निरन्तर प्रेरणा दिने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गरेका छन्। साथै, यस दुःखद घडीमा सम्पूर्ण राष्ट्र शोकाकुल परिवारहरूको साथमा रहेको उल्लेख गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit