Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

आर्थिक सुधार कार्यान्वयनबारे २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री

आर्थिक सुधार कार्यान्वयनबारे २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग छलफल गर्ने भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

अर्थ मन्त्रालयमा दिउँसो ३ बजे हुने छलफलमा बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरूको कार्यान्वयनमा बैंकिङ क्षेत्रको भूमिका, वित्तीय प्रणालीको वर्तमान अवस्था तथा अर्थतन्त्रलाई थप चलायमान बनाउने उपायबारे विस्तृत छलफल हुने जनाइएको छ।

मन्त्रालयका अनुसार छलफलमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गमा वर्गीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुनेछन्।

सरकारले बजेटमा घोषणा गरेका आर्थिक सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न वित्तीय क्षेत्रसँग आवश्यक समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले छलफल आयोजना गरिएको हो।

यस अवसरमा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रका समसामयिक चुनौती, निजी क्षेत्रलाई कर्जा प्रवाह, लगानी विस्तार, वित्तीय बजारमा देखिएका समस्या तथा समाधानका उपायबारे बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सुझावसमेत लिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit