Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

ग्यास आयात पाँच महिनायताकै उच्च, साउनमा ४० लाख बढी सिलिन्डर बजार पठाउँदा उपभोक्ता अझै लाइनमा

ग्यास आयात पाँच महिनायताकै उच्च, साउनमा ४० लाख बढी सिलिन्डर बजार पठाउँदा उपभोक्ता अझै लाइनमा
विज्ञापन
Advertisement

काठमाडौं । देशका विभिन्न स्थानमा एलपी ग्यासको उच्च अभाव देखिएपछि उपभोक्तामा चिन्ता बढिरहेका बेला नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति नियमित रहेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

निगमले पछिल्लो पाँच महिनाको आयात तथा बिक्री–वितरणको तथ्यांक सार्वजनिक गर्दै पछिल्लो समय ग्यासको आपूर्ति झन् बढेको जनाएको हो। निगमका अनुसार २०८२ चैतमा ३५ हजार ७ सय ९९.४५ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो। उक्त महिनामा करिब २७ लाख ३२ हजार ३ सय ५५ सिलिन्डर बजारमा पठाइएको थियो।

त्यस्तै, २०८३ वैशाखमा ३२ हजार ५६.४४ मेट्रिक टन, जेठमा ३२ हजार ५ सय ४२.२९ मेट्रिक टन, असारमा ४४ हजार ४ सय ४४.४० मेट्रिक टन र साउनमा ५० हजार ३ सय ९६.३५ मेट्रिक टन एलपी ग्यास आयात भएको निगमले जनाएको छ। पछिल्लो पाँच महिनाको तथ्यांकअनुसार साउन महिनामा ग्यासको आयात सबैभन्दा उच्च रहेको छ। साउनमा मात्रै ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात भएको निगमको तथ्यांकले देखाएको छ।

निगमका अनुसार साउनमा १४.२ केजीका ४० लाखभन्दा बढी ग्यास सिलिन्डर बजारमा पुगेका छन्। अघिल्लो महिनाको तुलनामा श्रावणमा करिब ९ लाख सिलिन्डर बढी बिक्री तथा वितरण भएको निगमले जनाएको छ।
निगमले बजारमा ग्यासको आपूर्ति नियमित रहेकाले अभाव हुने आशंकामा उपभोक्ताले अनावश्यक रूपमा ग्यास भण्डारण गर्न नहुने जनाएको छ। आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ।

आगामी दिनमा पनि एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रूपमा सञ्चालन हुने निगमले स्पष्ट पार्दै अनावश्यक रूपमा ठूलो परिमाणमा ग्यास खरिद तथा भण्डारण नगर्न भनेको छ।

निगमको पछिल्लो तथ्यांकले पछिल्लो समय बजारमा ग्यासको आपूर्ति घटेको नभई आयात तथा बिक्री–वितरणको मात्रा बढिरहेको देखाए पनि उपभोक्त भने लामो लाइन बसेर ग्यास खरिद गर्न बाध्य छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit