काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। बिहीबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको भाउ चार हजार ७१० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन (बिहीबार) सुनको मूल्य दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदी चार हजार ९८० रुपैयाँ मूल्य कायम भएको थियो। हिजोको तुलनामा आज सुन प्रतितोला ४२ सय र चाँदी २७० रुपैयाँले सस्तिएको हो ।
गत बुधबार एक तोला सुनको मूल्य तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । मंगलबार भने एक तोला छापावाल सुन दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ३३५ रुपैयाँ निर्धारण भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको सेतो धातु ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्