Advertisement
Advertisement
Corporate Samachar
१० भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

भोटेकोशी बाढीः टिमुरे बजार क्षेत्रका करिब १०७ घर र घट्टेखोलामा ५० घर पूर्णरुपमा क्षति

भोटेकोशी बाढीः टिमुरे बजार क्षेत्रका करिब १०७ घर र घट्टेखोलामा ५० घर पूर्णरुपमा क्षति
विज्ञापन
Advertisement

रसुवा । भोटेकोशी नदीमा अकास्मात् आएको बाढीमा परी १२ जना घाइतेको जिल्ला अस्पताल, धुन्चेमा उपचार भइरहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गम्भीर घाइते भएका दुई जनाको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको र सम्पर्कविहीन भएका तथा हराएका व्यक्तिहरूको खोजी कार्य भइरहेको छ ।

बाढीबाट रसुवागढी नाकास्थित नेपाल–चीन क्षेत्रका बजार र बस्तीमा ठूलो क्षति भएको र विशेषगरी गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे र घट्टेखोला बजार बढी प्रभावित छ । प्रहरीका अनुसार टिमुरे बजार क्षेत्रका करिब १०७ घर र घट्टेखोलामा ५० घर पूर्णरुपमा क्षति पुगेको छ ।

बाढीबाट रसुवागढीस्थित पालिका भवन, प्रहरी चौकी, भन्सार कार्यालय, सुख्खा बन्दरगाह र जलविद्युत्गृहमा समेत क्षति पुगेको छ ।

यसैगरी, रसुवागढी जलविद्युत् आयोजना पूर्णरुपमा प्रभावित भएको र चिलिमे जलविद्युत् आयोजनाको प्रवेशद्वार क्षेत्रमा असर पुगेको, राष्ट्रिय प्रसारणलाइनमा समेत क्षति पुगेको छ ।

बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १८ किमी सडक बगाएको छ । त्यस्तै दुई वटा विद्युत्गृहको पहुँचमार्गमा रहेका दुई पुलसहित त्रिशूली–रसुवागढी सडकमार्गमा रहेको दुई वटा पक्की पुलसमेत बगाएको रसुवा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

बाढीबाट जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नंं ४ र ५ स्थित नदी तटीय क्षेत्रका बजार र वस्ती प्रभावित भएको जानकारी दिँदै जिल्ला प्रहरी प्रमुख थापाले वेत्रावती बजारलाई समेत बाढीले क्षति पु¥याएको छ ।

यसैबीच, नेपाल सरकारका तर्फबाट आवश्यक समन्वयसहित क्षतिको विवरण सङ्कलन गरी उद्धार तथा राहत वितरणलाई तीव्रता दिन, घाइतेको उपचार व्यवस्था गर्न, हराएका तथा सम्पर्क विहीन अवस्थामा रहेकाको खाजी गर्न र विपद्जन्य घटनामा तत्काल गर्नुपर्ने व्यवस्थापकीय भूमिका छिटोभन्दा छिटो पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit