Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

ग्यास आपूर्ति शृङ्खला चुस्त बनाउन निगमको निर्देशन, उद्योगलाई भन्यो– आयात बढाऊ, सिलिन्डर भर

ग्यास आपूर्ति शृङ्खला चुस्त बनाउन निगमको निर्देशन, उद्योगलाई भन्यो– आयात बढाऊ, सिलिन्डर भर
विज्ञापन
Advertisement

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउने उद्देश्यले नेपाल आयल निगमले ग्यासको आयातदेखि बजार वितरणसम्मको व्यवस्थालाई प्रभावकारी बनाउन उद्योगहरूलाई निर्देशन दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

निगमले बजारको मागअनुसार ग्यासको आयात बढाउन, उद्योगका भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गर्न र बजारमा रहेका सिलिन्डर पूर्ण क्षमतामा भर्न आग्रह गरेको हो। नेपाल आयल निगम लिमिटेडको एलपी ग्यास तथा एभिएसन विभागले मंसिर ८ गते सम्पूर्ण ग्यास उद्योगलाई पत्राचार गर्दै आयात, भण्डारण र वितरण व्यवस्थालाई चुस्त बनाउन निर्देशन दिएको हो।

निगमले बजारमा एलपी ग्यासको आपूर्ति व्यवस्था सहज बन्दै गएको उल्लेख गर्दै उद्योगहरूलाई ग्यासको आयात बढीभन्दा बढी गर्न भनेको छ। साथै, आयातित ग्यास भण्डारण गर्न उद्योगहरूको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गर्न र भन्सारमा रहेका ग्यास बुलेटहरू समयमै छुटाउन पनि आग्रह गरेको छ। त्यसैगरी, ग्यास विक्रेताकहाँ तथा बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरेर आपूर्ति व्यवस्थालाई सहज बनाइराख्न निगमले निर्देशन दिएको छ।

निगमको निर्देशनअनुसार ग्यासको सहज आपूर्तिका लागि आयात वृद्धि, भण्डारण क्षमताको पूर्ण उपयोग र बजारमा रहेका सिलिन्डरमा ग्यास भर्ने कार्यलाई एकसाथ अघि बढाउनुपर्नेछ। ‘बजारमा एलपी ग्यासको आपूर्तिको व्यवस्था सहज बन्दै गईरहेको अवस्थामा सम्पूर्ण ग्यास उद्योगहरुले एलपीको आयात बढी भन्दा बढी गरी उद्योगको भण्डारण क्षमता पूर्णरुपमा भर्नुका साथै भन्सारमा रहेका बुलेट हरुलाई समयमै छुटाउन समेत निर्देशानुसार अनुरोध छ’ पत्रमा भनिएको छ।

यसबाट बजारमा ग्यासको नियमित उपलब्धता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। निगमले उक्त पत्रको बोधार्थ कार्यकारी निर्देशक, नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) तथा नेपाल एलपी ग्यास उद्योग संघ, अनामनगर र एलपी ग्यास उद्योग संघ नेपाल, ललितपुरलाई समेत दिएको छ। यस्तै, ग्यासको आपूर्ति व्यवस्थालाई सहज र नियमित बनाउन उद्योगहरूलाई निर्देशन दिएको निगमले उपभोक्तालाई भने आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit