काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधन रोकिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्भावित बाढी र सडक जोखिमलाई मध्यनजर गर्दै थानकोट–नागढुंगा र भीमढुंगा नाका हुँदै बाहिरिने सार्वजनिक तथा निजी सवारीसाधनलाई काठमाडौंमै रोकेको हो।
ट्राफिक प्रहरीले यातायात व्यवसायीलाई पनि धादिङ, रसुवा र चितवनतर्फ सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरेको छ । नागढुंगा र भीमढुंगा नाकाबाट ती जिल्लातर्फ जाने चारपाङ्ग्रे निजी तथा दुईपाङ्ग्रे सवारीसाधनमा समेत रोक लगाइएको छ ।


















प्रतिक्रिया दिनुहोस्