काठमाडौं । माथिल्लो त्रिशूली जलविद्युत आयोजनाको सुरूङमा फसेका मजदुर र स्थानीयहरुको उद्धार कार्य सुरू भएको छ।
नेपाली सेनाले शुक्रबार बिहानदेखि उनीहरूको उद्धार सुरू गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बिहान साढे १० बजेसम्म २ जनालाई सुरूङबाट उद्धार गरिसकिएको छ। सुरुङभित्र अझै कति मानिसहरू फसेका छन् भन्ने विषयमा खोजी जारी छ र उनीहरूको उद्धार कार्यको प्रयास पनि भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सुरूङमा अप्ठ्यारो स्थितिमा पनि सेनाले प्राविधिक उपकरण र विशेष तालिमप्राप्त टोली परिचालन गरी बाँकी रहेका मानिसहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बिहीबार राती सम्म सुरूङभित्र फसेका ३५० जनाको उद्धार गरिएको थियो।















प्रतिक्रिया दिनुहोस्