काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव निरन्तर बढिरहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार भदौ १२ गते दिउँसो १२ः३१ बजे भोटेकोशी नदीमा बाढी बढिरहेको र बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको सूचना प्राप्त भएको हो।
भोटेकोशीमा बाढीको बहाव बढिरहेकाले त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना नआएसम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा तटीय क्षेत्रमा रहेका नागरिकलाई नदीको बहाव नजिक नजान, सुरक्षित स्थानमा रहन तथा बाढीसम्बन्धी सूचनामा निरन्तर ध्यान दिन आग्रह गरिएको छ।
भोटेकोशीमा पुनः बाढीको जोखिम बढेसँगै त्रिशूली नदीको तटीय क्षेत्रमा समेत जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय तथा उद्धारमा खटिएका टोलीलाई विशेष सतर्कता अपनाउन भनिएको छ।














प्रतिक्रिया दिनुहोस्